एक्लै उडान भर्ने विश्वकै कान्छो पाइलट

हिमालय टाइम्स
Read Time = 2 mins

न्यूयोर्क । एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्डले ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गर्नुभएको थियो ।

उहाँको स्वागत र उपलब्धिमा खुशीयाली मनाउन मानिसहरूको ठूलो भीड एयरपोर्टमा जम्मा भएको थियो । म्याकले आफ्नो उपलब्धिले युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने आशा व्यक्त गर्नुभयो ।

बेलायतमा जन्मिएर बेल्जियममा हुर्कनुभएका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गर्नुभयो र बसोबास नभएको प्रशान्त टापुमा रात बिताउनुभयो । उहाँकी जेठी बहिनी जारा संसारभर एक्लै उड्ने सबैभन्दा कान्छी महिला बन्नुभएको छ ।

उहाँले यस वर्षको जनवरीमा आफ्नो यात्रा पूरा गर्नुभएको थियो । एकल उडानको लागि अघिल्लो कीर्तिमान बेलायती पाइलट ट्राभिस लुडलोले बनाउनुभएको थियो । गत वर्ष आफ्नो यात्रा पूरा गर्दा उहाँ जम्मा १८ वर्ष १५० दिनको हुनुहुन्थ्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?