जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । दाङमा ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । जिल्लाको बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुनलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?