यस्तो छ- आजको तरकारी र फलफूल मूल्य

Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महंगो रहेको छ । आज लोकल बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र अभोकाडो ६५० रुपैयाँ पर्नेछ ।

नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएको छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँ पर्नेछ ।

स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ तोकेको कालिमाटी बजारले राजमा घिउ सिमी, भटमासकोशा र तरबुजा ९५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँ कायम गरिएको छ ।

साथै, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?