सोमालियामा बालबालिकाको संरक्षणका लागि सहयोग उपलब्ध गराउन राष्ट्रसंघको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

मोगादिसु । सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ । सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीमा पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो ।

सो संस्थाले संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूका साथै विभिन्न दाता देश तथा संस्थालाई सो आग्रह गरेको हो । यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरूमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा कुपोषणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएकाले उक्त सहयोग रकम आवश्यक परेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

यहाँका बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको र तत्कालका लागि कम्तीमा पनि २३ लाख बालबालिका निकै समस्यामा परेको सो एजेन्सीले जनाएको छ ।

उनीहरूलाई आन्तरिक द्वन्द्वको चपेटाबाट मुक्त गर्न, विद्यालय जानसक्ने अवस्था सिर्जना गर्न तथा कुपोषण हटाउन आवश्यक खाद्यान्नको जोहो गर्न पनि सो रकम आवश्यक रहेको उक्त एजेन्सीले जनाएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?