काठमाडौं । दोस्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको छ । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरूले नृत्य, गायन, कविता वाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गर्नुभयो ।
ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल टिमका पूर्वक्याप्टेन हरि खड्का, वरिष्ठ कलाकार वीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता गजित विष्ट, उधमी खुशी पाठकलगायत हुनुहुन्थ्यो । इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा हुँदै गरेको यो प्रतियोगिताको फाइनलमा ४४ जना प्रतिस्पर्धी रहनुभएको छ । स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा अहिले प्रतिस्पर्धी विभिन्न प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा प्रतिस्पर्धीलाई सोफिया महर्जन कार्कीले पब्लिक स्पिच, वरिष्ट कलाकार वीरेन्द्र हमालले बडी ल्याँग्वेज र अभिनय, लिजा श्रेष्ठले डान्सको प्रशिक्षण दिइरहनु भएको छ ।
आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धीरज तण्डुकारका अनुसार कोरोनाको महामारीपछि बालबालिकाको व्यक्तित्व विकास र उहाँहरूको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । नेशनल किड्स अफ द इयरको चयन आगामी २५ भदौमा काठमाडौंको थापाथलीस्थित ब्लुबर्डको फायरिङ प्यानमा भव्य समारोहबीच हुने भएको छ । सिनियर र जुनियर गरेर यो प्रतियोगितामा चारजना विजेता चयन हुनेछन् ।
यो प्रतियोगितामा देभान्सी जोधानी, दिभ्याँगना डंगोल, लिवाना तुलाधर, नियाना अग्रवाल, प्राश्ना कोइराला, एञ्जल केसी, एशिला श्रेष्ठ, स्नेहा शाक्य, आरध्य जोशी, शान्भी भट्टराई, साम्राज्ञी बुढाथोकी, आर्या महर्जन, युरिका प्रधान, अल्बिन राज्यलक्ष्मी राणा, श्वेता नगरकोटी, आर्या शाक्य, रोजश्री केसी, सदीक्षा श्रेष्ठ, श्रीता पौडेल रहनुभएको छ ।
यस्तै हिमाँसु क्षत्री, विभान अग्रवान, र्युस शिल्पकार, उक्सिद साया प्रजापति, सम्राट श्रेष्ठ, स्पन्द विसी, युग श्रेष्ठ, लक्ष्य जैन, सुहास पुन, सुप्रभ हाडा, सक्सेस जमकट्टेल, विपश्वी श्रेष्ठ, लिभा शाक्य, साइरा भट्ट, आश्रीया भट्टराई, श्रेयसी पण्डित, सुनिभा पाण्डे, निभिका दुवाल, सुहान पुन, सार्थक केसी, अग्रिमविक्रम सिजापति, आर्नभ श्रेष्ठ, दिव्यरत्न डंगोल, राहुल केसी, प्रमाण श्रेष्ठ पनि अन्तिम प्रतिस्पर्धीका रूपमा रहनुभएको छ । यो प्रतियोगिताको विजेताले जनही २५ हजार रुपैयाँ विदेशमा हुने अन्तर्राष्ट्रिय बाल पेजेन्टमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच