समानुपातिकतर्फको दल दर्ता आजबाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता आजबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिनेछ । दलहरूले १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाडौंमा निवेदन बुझाउन सक्नेछन् ।

प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

एकल चुनाव चिह्न लिइ संयुक्त रुपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रुपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?