-डम्बर बोहरा
बैतडी । बैतडीका स्थानीय तहहरु पनि अहिले भूमीहिनको तथ्याङ्क संकलन गरिरहेका छन् । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकको तथ्याङ्क संकलन गरिरहेका हुन् । भूमीहिन दलित, भूमीहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीकोरुपमा रहेकाहरुले सम्बन्धीत स्थानीय तहको वडा कार्यालयमा गएर फारम भर्न सक्ने छन् ।
सबै वडा कार्यालयहरुमा फारमको नमुना पठाइएको र तथ्याङ्क संकलनको काम भइरहेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो ।
असोज ४ गतेसम्म तथ्याङ्क संकलन गरिसक्न सूचना जारी गरिएको छ । भूमि आयोगले जारी गरेको सूचनाको आधारमा तथ्याङ्क संकलनको काम भइरहेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।
भुमिहिनहरुलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीहरुको व्यवस्थित बसोवासको व्यवस्था गर्न स्थानीय तहहरुले उनीहरुको तथ्याङ्क संकलनमा लागेका भूमि आयोग बैतडीका अध्यक्ष धर्म सिंह ऐरले बताउनुभयो ।
पञ्चेश्वर गाउँपालिकाले यस अघि नै सम्झौता गरेर तथ्याङ्क संकलन गरिसकेको छ भने दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गर्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच