लाजियोसँग इन्टर पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोसँग हार बेहोरेको छ । इन्टर मिलान घरेलु टोली लाजियोसँग ३-१ ले पराजित भएको हो । स्टेडियो ओलम्पिकको रोमामा शुक्रबार राती भएको खेलमा घरेलु टोलीको जितमा फिलिपे एनडरसन, लुइस अल्बर्टाे र पेड्रो रोड्रिग्वेजले गोल गर्नुभयो । इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काउनुभयो ।

खेलको ४०औं मिनेटमा फिलिपे एनडरसनको गोलबाट लाजियोले सुरुवाती अग्रता लिन सफल भयो । उहाँले सेरगेज मिलिन्कोभिक साभिकको पासमा गोल गर्न सफल हुनुभएको थियो । ५१औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।

७५औं मिनेटमा परिवर्तित खेलाडी लुइस अल्बर्टाेले अर्का परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाउनुभयो । अल्बर्टाे र पेड्रो ५७औं मिनेटमा मैदान प्रवेश गर्नुभएको थियो । ८६औं मिनेटमा पेड्रो रोड्रिग्वेजले सिरो इमोविलेको पासमा गोल गर्दै लाजियोको जित पक्का गर्दा इन्टरलाई पहिलो हार चखाउनुभयो ।

यो जितसँगै अपराजित रहेको लाजियो तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको इन्टर ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान ६ अंक रहे पनि नेपोली र रोमा गोल अन्तरमा इन्टरभन्दा अघि छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?