गणपुरक संख्या नपुगेका कारण संसद बैठक स्थगित

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपुरक संख्या नपुगेका कारण संसद बैठक स्थगित भएको छ ।

सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाउनु भयो ।

तीन मिनेट घन्टी बनाएर गणना गर्दा पनि कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न चाहिने संख्या एक चौथाई सदस्य नपुगेपछि बैठक स्थगित भएको हो । गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक स्थगित गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?