सेयर बजार बढ्यो

Read Time = 1 min

काठमाडौं । निरन्तर घट्दोक्रममा रहेको सेयर बजार साताको अन्तिम दिन भने उच्च अंकले बढेको छ । नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२ अंक पुगेको हो । कारोबार रकमसमेत ३० प्रतिशतले बढेको छ । बुधबार बजारमा एक अर्ब २० करोडको कारोबार भएकोमा बिहीबार एक अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो । कारोबारमा आएका दुई सय ६२ कम्पनीमध्ये १५ वटाको मात्रै मूल्य घटेको छ भने दुई सय ३७ वटाको मूल्य बढेको छ ।

शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, अरुण काबेली, नबिल बैंक, शुभम पावर, नेपाल इन्स्योरेन्सलगायतको सेयर उच्च कारोबार भएको छ । उच्च कारोबारमा जलविद्युत् कम्पनी अग्रस्थानमा छन् । बिहीबार वाणिज्य बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेका थिए । सेयर बढ्नुको मुख्य कारण ब्याजदर घटाउने निर्णय रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?