मिथिला क्षेत्रमा अ‍ाज चौरचन पर्व मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

सप्तरी । सप्तरीसहित मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ।

भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ ।

चन्द्रमाले सधैं शितल, उज्यालो र आनन्द दिने हुनाले देवता रूपी चन्द्रमाले परिवारको सुख शान्ति र दीर्घायुको कामना गर्दै घरघरमा चौरचन पर्व मनाइने भएको हो।

यो व्रत भदौं महिनाको गणेश चौठी तिथी,आजैको दिन उदाउदो चन्द्रमालाई,फलफूल, मिठाइ, दही आदि व्रतालु महिलाले दुवै हातले उठाए चन्द्रमालाई देखाउदै चढाउँने र ईच्छाएको बरदान माग्ने चलन रहेको राजविराज नगरपालिका वडा नं २ की व्रतालु ममता देवले बताउनुभयो ।

उहाँले भन्नुभयो, आफूले चिताएको बरदान माँगेर भाकल गरेको र भाकल पूरा भएपछि चौरचन गर्न थालेको बताईन्। भाकल नभएपनि त्यसैपनि महिलाहरूले आस्था र विश्वास बोकी अनिवार्य रूपमा यो व्रत बस्ने गरेका हुन्।

व्रतमा दही, खिर ,विभिन्न किसिमको फलफूल मिठाइ , गहुँको पिठोले बनाएको खजुरी, ठेकुवा, पिठोको अपुँगो अनिवार्य रूपमा चढाईने चलन रहेको व्रतालु महिलाहरू बताउँछन्।

यो व्रतमा श्रीमान, छोरालगायत जति जना पुरूष सदस्य छन् त्यतिवटा मडर बनाउने, त्यतिवटा माटोले बनाएको छाछमा दही जमाउने र छोरीको लागि छाछीमा दही जमाउने चलन रहेको राजविराज नगरपालिका ६ कि कबिता यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो व्रतको दिन घरमूली महिलाले व्रत लिने तथा घरका अन्य सदस्यहरू समेत मिलेर चढाउने सामाग्री तयार पार्छन्।’

बेलुका चन्द्रमा उदाउँने बेलामा घरको आँगन वा छतमाथि लिपेर चोखो पारेर चढाउने सबै सामग्री लिपेको ठाउँमा मिलाएर राख्ने र उदाउँदो चन्द्रमालाई व्रतालु महिलाले सबै समग्री दुबै हातले उठाएर चन्द्रमालाई चढाउने चलन छ।

त्यसपछि परिवारका सबै सदस्यहरूले एउटा एउटा फलफूल हातमा लिएर पालैपालो चन्द्रमाको दर्शन गरेर ढोग्ने र आफूले चिताएको माग्ने चलन रहेको छ। पूजा सकिने वित्तिकै पूजा स्थलमै बनाएको मडरमा पुरूष पात्रहरू बसेर प्रसाद खाने चलन छ। त्यससँगै परिवारका अन्य सदस्यले पनि प्रसाद खाने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?