महाराष्ट्रका मुख्यमन्त्री निवासमा एकसाथ देखिए सलमान र साहरुख खान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिँदेको निवासमा आयोजित गणपति पुजामा बलिउडका दुई अभिनेता सलमान खान र शाहरुख खान एकसाथ देखिएका छन् । हालै सर्वाधिक रुपमा कमाइ गरेको र बक्स अफिसको अहिलेसम्मकै रेडर्क तोड्न सफल जवान फिल्मका अभिनेता शाहरुख खानको चर्चा चुलिएको छ । उता, सलमान खान पनि आफ्नो आउन लागेको फिल्म टाइगर ३ को प्रचार र प्रमोसनका कारण चर्चामा छन् ।

यी दुवै अभिनेताबीचको स्क्रीन एकसाथ निकै कम देख्न पाइन्छ । यसैबीच आइतबार राती महाराष्ट्रका मुख्यमन्त्री सिँदेको निवासमा दुवै अभिनेता एकसाथ पुगे । उनीहरु एकसाथ भेटेको भिडियो र तस्विर यतिबेला सामाजिक सञ्जालमा छाइरहेको छ ।

त्यतिमात्र होइन, दुवै अभिनेताहरुको लुक्स र पहिरनको सर्वत्र ध्यान खिचेको छ । उक्त गणपति पुजामा शाहरुख निलो सर्टसहितको पहिरन र सलमान भने रातो रंगको सर्ट र आध्यात्मिक दोसल्लाको पहिरनमा देखिएका थिए । त्यस्तै सलमानको छोटो कपालको लुक्सको पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । गणपति पुजामा सलमान र शाहरुखबाहेक अन्य बलिउडका अन्य एक्टरहरुको समेत उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?