नेपाललाई एएफसीको जरिवाना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना तिराउने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियम तोडेका कारण एन्फालाई एएफसीले सात हजार अमेरिकी डलर (झण्डै नौ लाख) जरिवाना तिराउने भएको हो ।

एएफसीको अनुशासन समितिले १४ जुन २०२२ मा एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत नेपाल र इण्डोनेसियाबीच खेलमा भएको दुई फरक घटनामा नियम तोडेको भन्दै नेपाललाई जरिवाना तिराउन लागेको हो ।

एएफसीको अनुशासन समितिको बैठकले इण्डोनेसियाविरुद्ध खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी निलम्बनमा रहे पनि खेलअघि टिमको ड्रेसिङ रुममा प्रवेश गरेको र अन्य व्यक्तिको एक्रेडिटेसन कार्ड प्रयोग गरी खेलपछि मैदान प्रवेश गरेको भन्दै एएफसीले ६ हजार अमेरिकी डलर जरिवाना तोकेको छ ।

यस्तै उक्त खेलमा नेपाली टोली ढिलो गरी मैदान प्रवेश गर्दा खेल ढिलो सुरु भएपछि थप एक हजार अमेरिकी डलर जरिवाना तिराइएको हो । एएफसीले उक्त घटनामा हाललाई २५० अमेरिकी डलर ९० दिनभित्र तिर्न भनेको छ । बाँकी ७५० डलर भने दुई वर्षका लागि निलम्बन गरिएको छ । यदि दुई वर्षको अन्तरालमा यस्तै घटना दोहोरिए एएफसीले पूरा रकमका साथसाथै नयाँ घटनाका लागि बेग्लै जरिवाना तिराउने उल्लेख गरेको छ ।

दुवै घटनाका लागि एएफसीले एन्फालाई चेतावनीसमेत दिएको छ । आगामी दिनमा यस्ता घटना नदोहो¥याउन र दोहोरिएमा प्रतिबन्धसमेत लगाइने चेतावनी दिइएको छ । दुई पहेंलो कार्डका लागि प्रशिक्षक अलमुताइरी उक्त खेलका दौरान भने दर्शक दीर्घामा रहनुभएको थियो । तर, रातो कार्ड पाए पनि ड्रेसिङ रुममा उहाँको प्रवेश भएको भन्दै एएफसीले उक्त जरिवाना तिराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?