भूमिहिनको तथ्यांक संकलन गर्दै जुम्लाका स्थानीय तह

Read Time = 2 mins

-विजय रावत

जुम्ला । भूमि आयोगले भूमि हिनको लगत संकलन गर्न जुम्लाका स्थानीय तह सँग सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

आयोगको केन्द्रीय टोली जुम्ला पुगेर स्थानीय तह सँग काम गर्न सहमति गरेको हो । भूमि आयोग जुम्लाले आयोजना गरेको कार्यक्रममा स्थानीय तह सँग सहमतिको सम्झौता तथा अभिमुखीकरण गरेको छ । आयोगका सदस्य टेकबहादुर शाह, दाताराम खनाल सहितको टोली जुम्ला पुगेर लगत संकलनका लागि स्थानीय सरकार सँग सम्झौता गरेको भूमि आयोग जुम्लाका अध्यक्ष तिर्थ बुढाले जानकारी दिनुभयो ।

भुमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यव्यवस्थित, बसोवासीहरु, व्यवस्थित गर्नेका लागि नागरिकहरुको लगत संकलन गर्न अव स्थानीय तहले जोड दिनुपर्ने आयोगका सदस्य टेकबहादुर शाहले बताउनुभयो । सरकारको यो राष्ट्रिय अभियान सम्पन्न गर्न सवैले सहयोग अनिवार्य रहेको भुमि आयोगले जनाएको छ ।

स्थानीय तहमा अव भिन्नै शाखा हुनेछ । एक जना कर्मचारी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने भूमि आयोग जुम्लाका विज्ञ लक्ष्मी खत्रीले बताउनुभयो । जिल्लाका आठ वटा स्थानीय तह संग लगत संकलन सहितका काममा सहमतिको सम्झौता भईसकेको भुमि आयोग जुम्लाले जनाएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?