भ्याली पब्लिकको दोहोरो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भ्याली पब्लिकले चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज/गल्र्स दुवैमा दोहोरो जित आत्मसात गरेको हो ।

धापासीस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेण्डरी स्कुल (केभिकेएसएस) को कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा भ्याली पब्लिकले एसएस एकेडेमीलाई ४७-१३ ले पराजित ग¥यो । भ्याली पब्लिकको सहज जितमा अनमोल गुरुङले १८ अंक योगदान गर्नुभयो ।

सिनियर गल्र्समा एन्जल गुप्ताको चार अंक सहयोगमा भ्याली पब्लिकले तिरूपतिलाई १२-९ ले हरायो । सोही स्पर्धामा ग्रिनल्याण्डले काठमाडौं ग्लोबललाई १७-४ ले पन्छायो । ग्रिनल्याण्डकी युनिशा आलेले १० स्कोर गर्नुभयो । सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा किङडमले काठमाडौं ग्लोबललाई ३९-१३ तथा तिरूपतिले फ्लोरोसेन्टलाई २१-१५ ले पन्छायो । किङडमका साङबु लामाले १८ स्कोर गर्नुभयो ।

प्रतियोगिताको केभिकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिम सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?