सेयर बजारमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से २१.९७ अंकले घटेर १९७३.३८ अंकमा झरेको हो । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार हुँदै एक अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबारको कारोबारमा आएका कम्पनीमध्ये १५ वटाको सेयरमूल्य बढेको छ भने एक सय ६८ वटाको घटेको छ । चार कम्पनीको स्थिर रहेको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक रहेको छ । बैंकिङ ०.५३, व्यापार १.३२, होटल तथा पर्यटन समूह १.३६, विकास बैंक समूह १.८४, हाइड्रोपावर समूह २.१७, फाइनान्स समूह २.४२, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, अन्य समूह १.१, माइक्रोफाइनान्स समूह १.४७, जीवन बीमा समूह १.४७, म्यानुफ्याक्टरिङ एण्ड प्रोसेसिङ १.०२, म्युचुअल फण्ड ०.७ र इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले सेयरमूल्य घटेको छ ।

तर, हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरमा सकारात्मक सर्किट लागेको छ भने आरबिबी म्युचुअल फण्ड १ को १.९७, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको १.९४र उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी छ प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल दूरसञ्चार कम्पनीको भने १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?