सरकारी विज्ञापनमा थप तीन प्रतिशत कर

Read Time = 2 mins

काठमाडौं । सरकारी विज्ञापनमा थप तीन प्रतिशत कर लाग्ने भएको छ । विज्ञापनमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दै आएकोमा विज्ञापन नियमन शुल्कबापत थप तीन प्रतिशत कर लाग्ने भएको हो । भ्याटबापत १३ प्रतिशत सरकारले आफ्नो आम्दानीका रूपमा राख्ने र तीन प्रतिशत भने लोककल्याणकारी विज्ञापनमा खर्च गरिने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनुभएको छ । उक्त रकम विज्ञापन बोर्डको बैंक खातामा जम्मा गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

विज्ञापन बोर्डले सार्वजनिक सूचना प्रकाशित गर्दै सरकारी विज्ञापनको भुक्तानी गर्दा तीन प्रतिशत रकम कट्टी गरी बोर्डको खातामा जम्मा गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो । अध्यक्ष हुमागाईंका अनुसार वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको सरकारी विज्ञापन कारोबार हुने गरेको छ । जसबाट वार्षिक १२ करोड रुपैयाँ बोर्डको खातामा जम्मा हुन सक्नेछ । सरकारले पत्रपत्रिका, रेडियो र टिभीलगायतमा वार्षिक ३० करोड रुपैयाँ लोककल्याणकारी विज्ञापनमा खर्च गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?