पतञ्जली र आइएमईबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमई रेमिट्यान्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्धित भरुवा सोलुसन प्रालितर्फबाट निर्देशक डा. ऋषिकुमार र आइएमई इण्डियातर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच मंगलबार दिल्लीमा उक्त सम्झौता भएको कम्पनीले जनाएको छ । सो अवसरमा स्वामी रामदेवले सम्झौताले दुई देशबीच हुँदै आएको रेमिट्यान्स कारोबार बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनीहरूका परिवारका सदस्य वा नातेदारलाई पैसा पठाउन एक सुविधाजनक एवं सहज माध्यम थपिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?