काठमाडौं । चरञ्जीवी भण्डारी र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । प्रतिमा गुरुङको शब्द, भीम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपालीलगायतको अभिनय छ ।
उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको सम्पादन छ । गीतको भिडियो चिरञ्जीवीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
चिरञ्जीवी आफैं संगीतकार पनि हुनुहुन्छ । उहाँका यसअघि ‘विस्तारै विस्तारै, बदमाश, मायालु तिमी मेरो, तिमीसँगै हुन, यो मायाले, पैसा फ्यांक तमाशा देख, बच्चाकी आमा, तिमी छौ र त, त्यो दिन सम्झ, गल्ती के भयो’लगायत दर्जनौ गीत श्रोता/दर्शकमाझ आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच