पहिरोका कारण आज यी सडक अवरुद्ध छन्

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका-८ असिगडास्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीले स्थानीय निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?