अगष्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि

Read Time = 1 min

वासिंटन । अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए ।

बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वभाविक भनेको छ । तर, अघिल्लो महिना तीन दशमलव पाँच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेकोे थियो । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?