पाँच महिनामा छ खर्बको व्यापार घाटा

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा झण्डै छ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको मंसिरसम्मको तथ्यांकअनुसार सो अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ नाघेको छ । गत वर्षको सोही अवधिमा सात खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा थियो । पाँच महिनामा सात खर्ब ३२ अर्ब बराबरको वैदेशिक व्यापार भएकोमा ६७ अर्ब ३० करोड बराबरको मात्रै निर्यात भएको छ ।

आव २०७८/०७९ को तुलनामा चालु आवको पाँच महिनामा कुल व्यापार २२.२३ प्रतिशतले घटेको छ । गत आवमा कुल नौ खर्ब ४१ अर्ब ३२ करोड बराबरको व्यापार भएको थियो । गत आवमा आठ खर्ब ३८ अर्ब ४० करोडको आयात भएकोमा चालु आवको पाँच महिनामा २०.७१ प्रतिशतले कमी आई छ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो ।

गत आवको सोही अवधिमा एक खर्ब दुई अर्ब ९२ करोडको निर्यात भएकामा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोडको निर्यात भएको छ भने पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?