दाहुवा सिसिटिभीको दशैं अफर

Read Time = 1 min

काठमाडौं । दुबई घुमौं यसपालीको दशैं तिहार भन्ने नाराका साथ नेपालस्थित दाहुवा ब्राण्डका सिसिटिभीको आधिकारिक बिक्रेता विथ म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत कुनै पनि ग्राहक १५ लाख बराबरको दाहुवा ब्राण्डका सिसिटिभी तथा अन्य सामान खरिदमा सहभागी हुन पाउनेछन् भने अफर असोज ३१ गतेसम्म लागू हुनेछ । साथै कम्पनीले दशैंको अवसर पारेर नै खरिद गरौं ‘दाहुवाको प्रोडक्ट, लैजाऊँ १९ र २२ इन्चको मनिटर सित्तैमा’ अफरसमेत ल्याएको छ ।

अफरअन्तर्गत तीन लाख बराबरको खरिदमा २२ इन्चको मनिटर र दुई लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहार पाइने कम्पनीले जनाएको छ । उक्त अफर मंसिर १४ गतेसम्म मात्र लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?