रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयानः मलाई प्रायश्चित छ, जनता समक्ष क्षमा चाहन्छु

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो ।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयाे ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताउनु भएको थियो ।

आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उहाँले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताउनुभयो ।

‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भन्नुभयो ।

महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?