गठबन्धन कार्यदलको बैठक बस्दै, सीट बाडँफाँट टुंगो लगाउने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको थियो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निरन्तर बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेश गर्ने बताउनुभयो । यसअघि सिट बाँडफाँडको खाका तयार पार्न नसकेपछि कार्यदलले यो जिम्मेवारी शीर्षनेतालाई नै सुम्पेको थियो।

बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिने उहाको भनाइ छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?