प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयाे ।

भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुग्नु भएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?