लिभरपुलमाथि ब्राइटनको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३-० गोलले पराजित गरेको हो ।

ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ । ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अंकका साथ नवौँ स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलमा साउथह्याम्पटनले एभर्टनलाई २-१ गोलले, नटिङघम फरेस्टले लेस्टर सिटीलाई २-० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १-० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २-० गोलले हराएको छ ।

प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अंककासाथ शीर्ष स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?