फेन्सिङको खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडीको छनोट सम्पन्न भएको छ । काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिला तर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताउनुभएको छ ।

पुरुष फोयल इभेन्टमा सञ्जीप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहनुभएको छ । इपीमा ओमकार सिंह, भीष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर इभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र शाश्वत परियार छनोट हुनुभएको संघले जनाएको छ । यस्तै महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, संगीता लम्साल र अस्मिता घिसिङ रहनुभएको छ ।
यसैगरी इपीतर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, विनिता कार्की र आकी प्रजापती रहनुभएको छ ।

छनोट भएका खेलाडीहरूलाई बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?