राष्ट्रव्यापी टेबलटेनिस आजबाट

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ (आज) देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजकसमेत रहनुभएका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाउनुभएको छ ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र सात हजार ५००, सात हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार ५००, दुई हजार ५०० नगद पुरस्कार पाउनेछन् ।

टिम च्याम्पियनलाई रनिङ शिल्ड प्रदान गरिनेछ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ च्याम्पियन बनेको थियो । प्रतियोगितामा ५५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेलप्रेमी पूर्णशंकर श्रेष्ठ हुनुहुन्छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीसहित १२ सदस्यीय टोलीलाई सम्मान गर्ने प्रतियोगिता संयोजक महर्जनले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?