प्रधानमन्त्रीद्वारा विभिन्न मन्त्रालयकाे कामकारबाहीबारे चासो व्यक्त

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिनु भएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिनु भएको हो । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गर्नु भएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिनु भयो । त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गर्नु भएको थियो ।

मुख्य सचिव बैरागीले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोली आउँछ । हामी छलफलकै क्रममा छौं । विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुती भएको छ । केही निकायहरु बाँकी छन । त्यो भोलि सबैको विवरण लिईसकेपछि सम्माननीय प्र्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायहरुले कसरी काम गरिरहेका छन ? के भईराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरुले आ–आफ्नो मन्त्रालयका इस्यूहरु र आफूले भोग्नु परेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोली हुन्छ ।’

तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनुहुनेछ । प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिनु भएको हो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?