स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई स्वीकृति लिएर मात्रै बिदामा बस्न निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनपछि अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न पाउने भएका छन् ।

७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई मन्त्रालयले परिपत्र गर्दै बिना सूचना बिदा नबस्न निर्देशन दिएको हो।

मन्त्रालयका उपसचिव रबिन्द्रजंग थापाले जारी गरेको पत्रमा भनिएको छ, ‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकाले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?