भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल भलिबल संघको नयाँ कार्यसमितिका लागि नेपाल भलिबल संघका हालका महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

कान्तिपथस्थित होटल यलोपगोडामा अध्यक्ष मनोरञ्जन शर्मा, भलिबल संघका विगतका नेतृत्व, आफ्नो समयका चर्चित एवं सम्मानित पूर्वअन्तराष्ट्रिय खेलाडीहरू, विभिन्न भलिबल क्लब तथा जिल्ला प्रतिनिधिहरू, खेलाडीहरू तथा पदाधिकारीहरूबीच चन्दले आगामी भदौ २२ गते हुने नेपाल भलिबल संघको चुनावी साधारणसभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

चन्दले आफू भलिबलको खेलाडी रहेको र भलिबलको जिम्मेवारी वहन गर्ने क्रममा महासचिवको पदमा रहेर भलिबलको विकासमा योगदान पु¥याउने क्रममा हिजोका दिनका कतिपय कार्ययोजना सम्पन्न भएका र कतिपय कार्ययोजना सम्पन्न हुन बाँकी रहेको भन्दै उक्त बाँकी कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयन गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको बताउनुभयो ।

यस्तै संघका सदस्य रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारीको घोषणा गर्दै चन्दको नयाँ कार्यसमितिमा रहेर काम गर्ने आफ्नो मनोकांक्षा व्यक्त गर्नुभयो ।

आफ्नो समयमा चर्चित तथा सम्मानित अन्तर्राष्ट्रिय खेलाडीहरू पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, रमेश खरेल, पूर्वपदाधिकारी तथा अन्यले खाली बोल्ने मात्र नभई बोलेका कुरालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा खरदारी गर्दै चन्दको नेतृत्व भलिबलका लागि आवश्यक रहेको भन्दै शुभकामना प्रदान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?