साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज (मंगलबार)देखि काठमाडौंमा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?