एसियन लाइफ इन्स्योरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

Read Time = 1 min

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्योरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?