ब्याडमिन्टन खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बागमती प्रदेशबाट सहभागी हुने ब्याडमिन्टन खेलाडीको टुंगो लागेको छ । पुरुषमा ६ र महिलामा पाँच खेलाडी छनोट भएका छन् ।

पुरुषमा चितवनका राजु थापा, ललितपुरका सुमन शाक्य, ललितपुरका दीपेश शाक्य, काठमाडौंका सोमकुमार श्रेष्ठ, चितवनका विधान गुरुङ, ललितपुरका राजेन्द्र महर्जन र काठमाडौंका निश्चल खत्री रहनुभएको छ । वैकल्पिकमा ललितपुरका सुमित महर्जन हुनुहुन्छ ।

महिलामा काठमाडौंकी मनिषा खड्का, धादिङकी बबिता पुरी, काठमाडौंकी रिहाना शेरचन, सिन्धुपाल्चोककी प्रजिना बस्नेत र सिन्धुपाल्चोककी टासी डोमा तामाङ छनोट हुनुभयो । वैकल्पिकमा टिसारानी शाक्य हुनुहुन्छ । त्यस्तै, बागमती प्रदेशबाट ट्रायथलनको पुरुषमा यजु महर्जन तथा ट्रायथलनअन्तर्गत पुरुष दुवाथलनमा धनञ्जय गोले छानिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?