उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने

Read Time = 4 mins

काठमाडौं । युएईमा जारी टी-२० एशिया कप २०२२ को फाइनलमा पाकिस्तान र श्रीलंकाबीच भिडन्त हुने भएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको जित हात पारेसँगै श्रीलंकासँगको भेट पक्का गरेको हो ।

पाकिस्तान सुपर फोरमा दुई खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहृयो । श्रीलंका दुई खेलमा चार अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश ग¥यो । प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत भने सुपर फोरबाटै बाहिरिएको छ । सुपर फोरमा पाकिस्तान र श्रीलंकासँग हार बेहोरेपछि भारत बाहिरिएको हो ।

भारत र अफगानिस्तान समान दुई खेलमा जितविहीन हुँदै तेस्रो र चौथो स्थानमा रहे । एशिया कपको फाइनल आइतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

श्रीलंकाले अफगानिस्तानलाई चार विकेट र भारतलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गराएको थियो । प्रमुख बलर जस्प्रित बुमराह र हर्षल पटेल घाइते भएपछि भारतको बलिङ आक्रमण कमजोर बनेको थियो ।

भारतले पाकिस्तानसँग १८१ रन बनाए पनि त्यसलाई बचाउन सकेन । भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

श्रीलंकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्दै १७३ रन बनाए पनि एक बलअगाडि नै पराजित भयो । श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई हराउन १७६ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

सारजाह क्रिकेट रंगशालामा बुधबार राती भएको रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएको थियो । अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर दुई बलमा नौ विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानका लागि सादाब खानले ३६ रन तथा इख्तिखर अहमदले ३० रन बनाउनुभयो ।

यस्तै, मोहम्मद रिजवानले २०, आसिफ अलीले १६ रन बनाउनुभयो । अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान तीन÷तीन विकेट लिनुभयो । राशिद खानले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाड्रान हर्जलुल्लाह जाजइले २१ रन बनाउनुभयो । रशिद खानले अविजित १८ तथा रहमानउल्लाह गुर्बाजले १७ रन बनाउनुभयो ।
करिम जनतले १५ तथा नजिबउल्लाह जाड्रान र अजमतुल्लाह उमरजाईले समान १०/१० रन बनाउनुभयो । पाकिस्तानका हरिस राउफले दुई विकेट लिनुभयो । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले एक/एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?