उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा“ भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।

त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उत्तर कोरियाले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।

किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?