इगालाई युएस ओपनको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व नम्बर एक इगा स्वाएटेकले शनिबार राति ट्युनेसियाकी ओन्स जाबेउरलाई २-० को सोझो सेटमा हराउँदै यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । २०२२ मा २१ वर्षीया स्वाएटेकको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो ।

यसअघि, स्वाएटेकले फ्रेन्च ओपनको पनि उपाधि जितेकी थिइन् । अष्ट्रेलियन ओपनमा भने स्वाएटेक सेमिफाइनल र विम्बल्डनको तेस्रो चरणबाट बाहिरिएकी थिइन् ।

न्युयोर्कमा भएको फाइनलमा इगाले जाबेउरलाई ६-२ र ७-६ (७-५) ले पराजित गरिन् । इगाले पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन् । इगाको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो ।

पहिलो पटक यूएस ओपनको उपधि जितेपछि स्वाएटेकले भनिन्, ‘मलाई आफ्नो लक्ष्यमा मात्र केन्द्रित हुनुपर्यो । न्युयोर्कमा जित्नुको मज्जा फरक छ । यहाँको दर्शकले रंगशाला भरिभराउ हुन्छ । र, साथ दिनुहुन्छ । यहाँ जित्न पाउँदा गर्व लागेको छ ।’

यस अघि इगाले दुई पटक फ्रेन्च ओपन जितेकी थिइन् ।

पुरुष स्पर्धाको उपाधिका लागि आज नर्वेका कास्पर रुड र स्पेनका कार्लोस अल्कारेजले प्रतिस्पर्धा गर्दैछन् । दुईजनामध्ये जसले जिते पनि यूएस ओपनले नयाँ विजेता पाउने पक्का छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?