पोखरामा पनि बेनेलीको शोरुम

Read Time = 2 mins

पोखरा । बेनेली मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ ।

बेनेलीले ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा शोरुमहरू खोल्ने क्रमलाई निरन्तरता दिएको हो । हाल बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, चपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरालगायत २२ शोरुम सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले शोरुम उद्घाटनका अवसरमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टसाथ फाइनान्सिङमा शून्य ब्याजदर प्रदान गर्नेे भएको छ । साथै निःशुल्क वास, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुटसहित सर्भिस क्याम्प पनि सञ्चालन गर्ने भएको छ ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड हो, जुन १९९१ मा स्थापित भएको थियो । कम्पनीले प्रिमियम, बीग-बोर, स्पोर्ट्स, र नेकेड बाइक उत्पादन गर्दै आएको छ । नेपालमा उपलब्ध १२५ सिसीदेखि ७५० सिसीसम्मका बेनेली बाइकको मूल्य दुई लाख ६४ हजार नौ सयदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?