नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल एसिसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा समूह चरणको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितका लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३.५ ओभरमा ९९ रन बनाएर सबै विकेट गुमायो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाउनुभयो । मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रनमा आउट हुनुभयो ।

नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिनुभयो । अभिषेक तिवारीले ४.५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिनुभयो । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिनुभयो । कृतिक कामतले एक विकेट लिनुभयो ।

त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालको जितमा अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट इनिङ खेल्नुभयो । बलिङमा चार विकेट लिएका अशोकनै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो ।

नरेन भट्टले ४३ बलमा १ चौकासहित २९ रन बनाउनुभयो । यस्तै कर्तम कामतले १७ बलमा १ चौकासहित १६ रन जोड्नुभयो । नेपालले निरजकुमार यादव ८, सुर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९, विकेटकिपर आशिष लुहार गोल्डेन डक, प्रतीक भट्टराई ४, दीपु कुमार १५ र सन्तोष यादव शून्यमा एलबीडब्लू आउट हुनुभएको यिो । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिनुभयो ।

योसँगै नेपाल समूह ‘ए’बाट दुवै खेलमा जितका साथ समूह विजेता बनेको हो । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अब सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेता सिंगापुरसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?