‘मातातीर्थ गोल्डकप’ असोज ३ गतेदेखि सुरु हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?