दुई मन्त्री प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।

खुमलटार पुगेर मन्त्रीद्वय खाँण र शर्माले आज बिहान प्रचण्डलाई भेट्नुभएको हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले बताउनुभयो ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग कुराकानी भएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?