बीपीका आख्यानमा नारी

✍️ चन्द्रकान्त आचार्य

अब बाबुलाई छाडेर छोरातिर लागौं । छोराको साधारण जीवनमा बयानको लायक कुनै कुरा थिएन । यदि एउटा थियो भने उमाको प्रेम । प्रेमको बिरुवा कत्रो तीव्र शक्तिका साथ र कति दैवी द्रुततासँग हुर्कियो, जान्दा नजान्दै तिनीहरूले शिव मन्दिरमा स्वयंबर गरे र त्यही रात पुरुष-नारीको आदिसम्बन्धबाट पतिपत्नी भएर उठेको भोलि पल्टै ऊ कलकत्ता गएको थियो-प्रेमको सुख-स्वप्नलाई अँगालेर र पतिको उत्तरदायित्व र मर्यादाले गर्वित भएर । कलकत्ताबाट फर्केर आउँदा ऊ गइसकेकी थिई । फुपूले भनिन्-थाहा छैन बाबु, कोसँग बिहे हुने हो । बढेकी छोरी । दाजुले लिएर गए नेपाल ।

त्यो समय अझै त्यस्तो थियो, जब छोरीलाई बि.ए.पढ्न बनारस पठाउन सकिन्थ्यो, तर बाबुआमा र परिवारलाई ठीक लागेपछि सम्बन्धित कन्याको रायसमेत न लिएर उसैको विवाहको कुरा छिनिन्थ्यो । समय त्यस्तो पनि रहेछ, जब बाबुआमाको राय नलिएर पढ्न आएकी छोरीले प्रेमाविवाह गर्नसक्ने रहेछन् । यसै समयको जटिलताले हो या नियतिको क्रुरताले हो खुशी भएर बाबुलाई विवाह गर्न सल्लाह दिएको र उनकै विवाहका लागि सामान किन्न कलकत्ता गएको छोराले भर्खरै प्रेम विवाह गरेकी पत्नी गुमायो भने छोराले चाहेकी केटीलाई आप्mनो मनले बुहारी स्वीकारेका बाबुले त्यसै केटीलाई कान्छी बनाए ।

सुहागरातमा प्रतीक्षा गरिएको मधुर मिलनको क्षणमा नै आफ्नो अर्कै प्रेमी भएको र बाध्यताले विवाहमा सरिक हुनुपरेको कुरा गर्ने कति दुलही तत्काल नै सम्बन्ध विच्छेदको अभियानमा लाग्ने गरेका उदाहरण पनि धेरै छन् । त्यसैले प्रौढावस्थामा २१ वर्षकी कान्छी भित्र्याउने बाबुलाई पनि धेरै चिन्ता थियो ।

उता छोराले आफ्नी प्रिय पत्नीको नेपालमा अर्कैसँग विवाह गरिदिने कुरा सुन्यो र विरक्त भएर ऊ कहाँ गयो कसैलाई थाहा भएन । यस घटनालाई पहिलेको त्यस्तो सहयोगी छोरा बाबुको विवाहपछि रिसाएर हिँड्यो भन्ने रूपमा उनले बुझे । अब बाबु कान्छी पत्नीलाई कसरी हुन्छ खुशी पार्ने र प्रौढावस्थालाई जवानीमा फर्काउने प्रयत्न गर्न लागे । यहाँनेर भन्नुपर्ने कुरा के छ भने आफूले राम्रोसँग नचिनेकी उमेर पुगेकी केटीसँग विवाह गर्ने तयारी हुँदादेखि नै परिपक्व दुलहालाई उसको कसैसँग प्रेम छ कि, आफूलाई मन पराउँदिन कि भन्ने ठूलो शंका रहन्छ ।

सुहागरातमा प्रतीक्षा गरिएको मधुर मिलनको क्षणमा नै आफ्नो अर्कै प्रेमी भएको र बाध्यताले विवाहमा सरिक हुनुपरेको कुरा गर्ने कति दुलही तत्काल नै सम्बन्ध विच्छेदको अभियानमा लाग्ने गरेका उदाहरण पनि धेरै छन् । त्यसैले प्रौढावस्थामा २१ वर्षकी कान्छी भित्र्याउने बाबुलाई पनि धेरै चिन्ता थियो र कान्छीको व्यवहारको सूक्ष्म अध्ययन गर्दथे उनी । अब कृतिभित्रबाट बाबु बोलेको अनुच्छेद नै पढौं ।

जुन दिन मैले कान्छीलाई अँगालेँ, त्यसको कोमल शरीरको स्पर्श हुने बित्तिकै मलाई लाग्यो, म छिप्पिएछु । शैय्या उपर उसको कलकलाउँदो शरीर जसको तन्किएको पुष्टतामा टल्किने त्वचासँग मेरो शरीरको त्वचा दाँजिनपुग्दा हामी दम्पतीको उमेरको फरक त्यसै स्पष्ट हुन्थ्यो । ऊ २०-२१ वर्षकी थिई । त्यसो त पुरुषको शरीरमा कहिल्यै पनि त्यस्तो कोमलता आउँदैन जस्तो कि स्त्रीको शरीरमा । जे होस् मैले मध्यरातमा उसलाई रोएको बुझेर सोधेँ-कान्छी, म बुढोले तिमीलाई विवाह गरेर तिम्राप्रति अन्याय गरेँ क्यार ? ....

बाबु, छोरा र आमा उपन्यासमा प्रौढावस्थाको बाबुलाई कान्छीको नबुझिँदो प्रेममा अल्मलिँदै चिन्ताग्रस्त भइरहनुपर्ने परिस्थिति सिर्जना भएको छ । पहिले कान्छी रुन्छे र उदास भइरहन्छे । यहाँनेर ऊसँग प्रश्न गर्न मन लाग्छ । पहिले त भइगयो आफ्ना बाआमा र दाजुहरूको करकाप र बनारसमा प्रेमी पतिलाई खोज्न पठाउँदा पनि न भेटिएको कुराले उसले बाध्य भएर विवाहको जग्गेमा बस्नु पर्‍यो, तर पछि जब पतिले उसको जीवनप्रति सहानुभूति देखाउँदै तिमीलाई केही समस्या छन् कि भनेर सोध्न थालेपछि बी.ए.मा पढ्ने र त्यस्तो गहिरो प्रेममा परेकी मानिसले खुलस्त भएर उनीसँग छुट्टिई आफ्नो प्रेमीलाई खोज्ने हिम्मत किन गरिन ? उल्टो ‘त्यसो नभनिबक्स्योस्, प्रथम रातमै आफ्नी पत्नीलाई’ भनेर आफ्ना कुनै समस्या नभएको कुरा किन देखाई ? तीन घुम्तीमा किशोरी इन्द्रमायालाई घर छाडेर प्रेमीकहाँ पुग्ने हिम्मत दिने कृतिकारलाई अर्कै परिबन्दको कृति सिर्जना गर्ने चाहनाले होला उमालाई अति कमजोर युवतीको रूपमा स्थापित गरेर उसलाई प्रेमिकाभन्दा आमाको रूपमा अघि बढाइयो ।

अब फेरि कृतिभित्रै पसौं । विवाह गरेको केही दिनसम्म अत्यन्त उदास रहने कान्छीले दुई महिनापछि आफू गर्भवती भएको कुरा पतिसमक्ष खुलस्त गरिन् । पति खुशी भए । कान्छीलाई पहिले नै थाहा थियो उसले आफ्नो प्रेमीको गर्भ धारण गरेकी छ । यति समयपछि अब पतिबाट उसले गर्भ धारण गरेकोमा प्रसन्नता देखाएपछि कान्छी खुसी भई र पतिप्रति माया दर्शाउन थाली । त्यसपछिका यिनीहरूका प्रेमका कुरा कृतिबाट उद्धृत गरिन्छ ।

कान्छीको स्वभाव गम्भीर थियो । जस्तोसुकै एकान्तमा पनि उसले मसँग अनावश्यक कुरा गरिन । प्रेमको आचरणमा पनि उसको अनावश्यक अभिव्यक्ति हुँदैनथ्यो । उसको सुखको, दुःखको भान मलाई उसको अनुहारबाट हुन्थ्यो । लुगाफाटोमा उसलाई केही सौख थिएन । भन्थी-पतिको प्रेम पाएपछि शोभा पाएपछि शृंगार अनावश्यकमात्र होइन कि नारीको तुच्छ प्रयत्नजस्तो मात्र लाग्छ । हजुरको प्रेम नै मेरो शृंगार हो ।

हामीहरूको जीवनमा उदासी ल्याउँने अर्को पनि कारण थियो-जेठो छोराको अनुपस्थिति । मेरो लागि त त्यसले त्यसरी अत्तोपत्तो नदिएर हिँडिदिएको ठूलो मानसिक व्यथाको कारण थियो । उसलाई म अत्यन्त माया गर्थें र बडो समझदारीको सम्बन्ध भएकाले हाम्रो प्रेम झन् बढेको थियो । त्यसैले मेरो चिन्ता स्वभाविक थियो । तर कान्छी पनि सौताको नदेखेको छोरालाई कुन अज्ञात प्रेरणाले हो कुन्नि माया गर्न थाली ।

तीन घुम्तीमा किशोरी इन्द्रमायालाई घर छाडेर प्रेमीकहाँ पुग्ने हिम्मत दिने कृतिकारलाई अर्कै परिबन्दको कृति सिर्जना गर्ने चाहनाले होला उमालाई अति कमजोर युवतीको रूपमा स्थापित गरेर उसलाई प्रेमिका भन्दा आमाको रूपमा अघि बढाइयो । 

जब म उसको चर्चा गर्थें, ऊ एकाग्र हुन्थी र सुनिरहन्थी । भन्थी-मलाई उसको कुरा सुनिरहन मन लाग्छ, नाथ !
म भन्थेँ-प्यारी, तिमीले यस गृहस्थीलाई यसरी आफ्नो तुल्याएकी छौं, मलाई यस्तो एकाग्रतासँग माया गछ्र्यौ कि सौताको छोराका प्रति पनि तिम्रो माया स्वाभाविक भएको छ ।

ऊ भन्थी-सौताको छोरा किन ? मेरो हृदयको भावनालाई देख्ने हो भने तिमी जेठो छोरालाई सौताको छोरा भन्ने थिएनौ । मेरो हृदय रसाउँछ उसलाई सम्झिँदा, उसका कुरा सुन्दा ।

मैले भनेँ- तिमी सन्तानवती हुने भएकी छौं । पुत्र उत्पन्न गर्‍यौ भने यो घरलाई फेरि त्यसले उज्यालो पार्ला ।
उसले भनी-त्यसै त होला, तर जेठाको कुरा अर्कै हो । त्यसको ठाउँ उसकोा भाइले लिन कहाँ सक्छ र ?-
तिनताक ऊ मलाई जेठा छोराको बारेमा कुरा भनिरहन भन्थी । जब म भन्थें-जेठो छोरा बडो सुन्दर र सुशील छ, प्यारी । ऊ भन्थी-म चाहन्छु यो पनि त्यस्तै भएर जन्मोस् । म भन्थेँ-गर्भवतीले जस्तो चितायो त्यस्तै छाप पर्छ भन्छन् सन्तानमा, तिमीले चिताएको कुरा पुग्ला ।
यसरी उसको समय आयो । ठूलो व्यथा लाग्यो, छोरा जन्माउन उसलाई निकै गाह्रो पर्‍यो । दुई दिनसम्म ऊ व्यथाले छट्पटिइरही । दुई दिनको भीषण व्यथापछि उसले छोरो पाई ।

बुढाबुढीहरू कुन्नि कुन आँखाले हेर्छन्, उनीहरू सबैको भनाइ थियो-यो कान्छोको पनि नाटिकुटि जेठैको जस्तो अनुहार परेको छ ।
मैले मूढ भएर कान्छीसँग सोधेँ-हो र ?
उसले हाँसेर भनी-मैले कसरी भनुँ, मैले जेठोलाई अझै देख्न पाएको छैन ।
केही दिनपछिको कुरा हो त्यस घरमा जेठो छोरा पनि आइपुग्यो । कान्छीले आपूmलाई माया गर्न थाल्नु, छोरा पाउनु र हराएको जेठो छोरा आउँनु यी कुराले बाबुलाई हर्षको सीमा थिएन ।
मैले विस्मयमा सोधेँ-मेरो जेठो आयो ?
रामे सुटकेस बोक्दै आयो-ठूलो बाबु आउनुभयो ।
उत्निखेरै जेठो छोरो पनि कोठाभित्र पस्यो-‘बा म आएँ’ भन्दै
मेरो आज आनन्द र विस्मयको सीमा थिएन । ‘म खुसी’ले बोल्नै सकिनँ, केवल उसलाई समातेर उसको शिर सुम्सुम्याइरहेँ ।
छोरोले भन्यो-बा, मैले तपाईंलाई दुःख दिएँ हगि ?
अनि उसले भन्यो-आमा खोइ, दर्शन गर्न जान्छु ।
तबसम्म मैले वाक्य पाएँ र भनेँ-अझै न पत्याएजस्तो गरेर आइस् छोरा !
ऊ हाँस्यो । उही उसको पुरानो हाँसो, उसकी आमाको जस्तो घरै थर्काउने खालको हाँसो ।
मैले कोठाबाट कराएँ-कान्छी, सुन्छ्यौ, जेठो आयो हेर त ।
उसले आफ्नो कोठाबाट भनी-आयौ नानी । म एकछिनमा आएँ , यो सानोलाई सुताएर ।
जेठोले भन्यो-आमा कुन कोठामा हँ ? म उहीँ जान्छु ।
उसको उही पुरानो आत्तुरी, हडबडी, उही उत्साह ।
मैले भनेँ-ऊ त्यही तेरी आमाको कोठामा ।
ऊ उत्निखेरै गयो । आमा, म दर्शन गर्न आएँ भन्दै कुद्दै आफ्नी आमाको कोठातिर गयो ।

घरका सारा परिवार, नोकरचाकरहरू मेरो कोठामा थुप्रिएका थिए । सबैको अनुहार प्रसन्नताले उज्यालो भएका थिए । मैले सबैलाई हेरेँ- एक एक गरेर । उता छोराले ‘आमा, ..... आमा, ...’ भनेको र कान्छीले ‘नानी, आयौ ?’ भनेको बोली सुनिदै थियो । तर एकछिनमा उताबाट चालचुल केही सुनिएन । धेरै बेरसम्म छोरो फर्केर मेरो कोठामा आएन ।

मैले पुकारेँ-जेठा, के गरिरहिछस् ? कान्छी !....
यही हो कथाको अन्त्य । यहाँनेर आएर बाबुले भनेको कुरा उद्धृत गर्न मन लाग्यो जो यस प्रकार छ : 'जीवन पर्यन्त प्रेम दिएर र स्वयम् पनि प्रेमलाई पाएर मैले अन्तमा पाएको तत्व हो- खोक्रोपन ।’ त्यसैले भन्न मन लाग्छ : जीवन फूल हो कि भनेर दंग पर्दै गर्दा उनले ठूलै काँढा भेटाए र पुकार्दै गरे-जेठा, के गरिरहिछस् ? कान्छी !.....। समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?