चोलेन्द्र शमशेरको बयान प्रतिशोध साँध्ने र झुटो : ओमप्रकाश अर्याल

Read Time = 3 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गर्नुभएको छ ।

आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहनुभएको छ । शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहनुभएको छ ।
आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटो बोलेको प्रतिक्रिया दिनुभएको हो ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेको भन्दै बयान दिनुभएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शु्द्धीकरणको रिट हालेको समितिसमक्ष बताउनु भएको थियो ।

‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुईचोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भन्नुभएको थियो ।

सोमबार जबरालाई जवाफ दिँदै अधिवक्ता अर्यालले भन्नुभएको छ, ‘चोलेन्द्र शम्शेरको निष्ठा र न्यायिक आचरणको बारेमा सुरूदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएको हुँ । उनले प्रतिशोध साँध्न झुठो तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खोजेको देखियो ।उनको दावी मसंग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ ।’

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) का कानुनी सल्लाहकार समेत हुनुहो ।

https://twitter.com/oaryal/status/1569169817445466112

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?