‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न माग

Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गर्नु भएको छ ।

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख समेत रहनु भएका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझाव विपरित निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रुपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताउनु भएको हो ।

सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले संसदीय प्रणालीको मूल्य र मान्यता विपरित हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा निर्वाचन आयोगले उल्लेख गरेकोमा आफ्नो दलको असहमती भएपनि छापेर आएपछि त्यसलाई कार्यान्वयनै गराउनैपर्ने अडान रहेको स्पष्ट पार्नु भयो ।

उपाध्यक्ष नेम्वाङले भन्नु भयो, ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोको पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनेर आचारसंहितामा लेख्नु भएको छ । सरकारी संयन्त्र दूरुपयोग गर्न हुन्न भन्ने त विवाद भएन । अव यो आचारसंहितालाई फेरी पनि हाम्रो सुझावको बाबदुत हामीले मन्त्रीहरुलाई, प्रधानमन्त्री सबैलाई राख्नु हुँदैन भन्नेमा थियौं । यो संसदीय प्रणालीको मूल्य र मान्यताको विपरित हो कि भन्ने हाम्रो पार्टीको सोचाई हो । हामीले आफ्नो सुझाव पनि दिएका थियौं । यहाँले यसलाई राखेर, आचारसंहितामा पारेर छापी सकेपछि अव चाँही प्रधानमन्त्री, मन्त्रीहरुले कडाईका साथ पालना गर्नुपर्छ भन्नेमा छौं हामी । प्रमुख आयुक्तज्यू, हाम्रो चाँही प्रष्ट अडान यो हो । अहिलेको संसदीय चुनावमा, मंसीर ४ गतेको चुनावमा प्रधानमन्त्रीले त सरकार खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ । तर, प्रधानमन्त्रीले त डिफन्स गरेर हिँडनु पर्छ आफ्नो सरकारको । अनि, त्यो प्रधानमन्त्रीले प्रचारप्रचार गर्न नपाउने ? भनेको त यो संसदीय मूल्य र मान्यता अनुरुप भएन भन्ने हाम्रो ठम्याई हो । सरकारको चाँही अव के हुन्छ ? भनेर हामी हेरेर बसीराखेका छौं ।’

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदंैलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?