भारतमा साम्बाको उत्कृष्ट प्रदर्शन जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गोकुलम केरला एफसीलाई भारतीय महिला लिग (आइडब्लुएल)मा लगातार उत्कृष्ट प्रदर्शन जारी राख्नुभएको छ । क्लबको तेस्रो खेलमा जित दिलाउने क्रममा उहाँले दुई गोल गर्नुभयो ।

गोकुलमले मंगलबार खेलेको आफ्नो तेस्रो खेलमा होप्स फुटबल क्लबलाई तीन-शून्यले हराएको हो । सावित्राले खेलमा २ गोल र एसिम रोजा देवीले १ गोल गर्नुभएको थियो । एसिमको गोलबाट ३८औँ मिनेटमा गोकुलमले अग्रता लिएको थियो ।

सावित्राले ४९औँ र ६३औँ मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गर्नुभएको हो । पहिलो गोल उहाँले हेडमार्फत् गर्नुभएको थियो । जारी लिगमा सावित्राको गोल संख्या ११ पुगेको छ । गत बुधबार भएको इस्ट बंगाललाई आठ-दुईले हराउँदा पाँच गोल गरेकी सावित्राले स्पोटर््स उडिसामाथि आठ-एकको जितमा चार गोल गर्नुभएको थियो ।

लगातार तीन जितमा नौ अंकसहित गोकुलम समूह ‘ए’को शीर्षस्थानमा छ । समूह ‘बी’मा राष्ट्रिय टोलीकी कप्तान एवं गोलकिपर सम्मिलित सेथु ६ अंकसहित शीर्षस्थानमा रहेको छ । दुई समूहमा समान आठ गरी १६ टोलीले आइडब्लुएलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?