चितवन गोल्डकपः मकवानपुरविरुद्ध सिमराको सहज जित

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जित निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर-११ लाई ३-१ गोलअन्तरले हराएको हो ।

सिमराको जितमा विवेक चौधरीको दुई तथा सृजन गौतमको एउटा गोल सामेल थियो । मकवानपुरका लागि सुजन गुरुङले सान्त्वना गोल गर्नुभएको थियो । सिमराका लागि चौधरीले खेलको १७औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो । यस्तै, खेलको २४औं मिनेटमा उहाँले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई २–० गोलको अग्रता दिलाउनुभएको थियो ।

मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो । खेलको ४७औं मिनेटमा मकवानपुरका लागि गुरुङले सान्त्वना गोल गर्नुभएको थियो । खेलको ७०औं मिनेटमा सिमराका लागि गौतमले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाउनुभएको थियो ।

सिमराका चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो । उहाँले १० हजार पुरस्कार प्राप्त गर्नुभयो । सोमबार मनाङ एफसी र सर्लाहीको बागमती नगरपालिकाबीच खेल हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?