रियलमीको फाइभ जी फोन

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले फाइभ जी स्मार्टफोन रियलमी ९ आई फाइभ जी ल्याएको छ । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘हामी जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँगसँगै राखी अघि बढिरहेका छौं । हाम्रो मुख्य उद्देश्य भनेको फाइभ जीलाई धेरैभन्दा धेरै उपभोक्तामा पुर्‍याउनु हो र यसै सिलसिलामा हामीले ९ आई नेपाली बजारमा ल्याएका छौं । हालको नेपाली बजार हिस्सा कायम राख्दै नेपाली बजारमा एक करोड रियलमी स्मार्टफोन उपलब्ध गराउने हामीले लक्ष्य लिएका छौं ।’

कम्पनीका अनुसार सबैभन्दा ठूलो सेन्सर र ५० एमपीको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपीको एआइ ट्रिपल क्यामरा रहेको छ । डाइनामिक र्‍याम एक्सपान्सन टेक्नोलोजीले मेमोरी कार्डमा तीन जिबीसम्म भर्चुअल र्‍याम थप्न मिल्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?