टाइम्स क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आइएसए नेपाललाई ११०-२९ को फराकिलो अन्तरले हरायो । टाइम्सका सदीश प्रधानले २९ अंक जोड्नुभयो ।

टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता भयो । महिलाको राउन्ड रोबिन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१-२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गर्नुभयो ।

चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमशः १५-०, १३-११, १४-१० र ९-६ को प्रदर्शन गर्‍यो । कीर्तिपुरको यो लगातार दोस्रोे हार हो ।
यता प्रिमियर र युरो पाँचाँै बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुलको कोर्टमा प्रिमियरले स्वर्णशिक्षालाई ५१-२१ ले पराजित गर्‍यो । प्रिमियरको जितमा प्रणय बासीले १९ अंक योगदान गर्नुभये । अभिनव थापाको २० अंक सहयोगमा युरोले न्यु बुद्ध प्रकाशलाई ४२-२८ ले हरायो ।

ब्वाइजमै बुद्ध एकेडेमी र नेमोनिकले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । बुद्धले ड्याफोडिलमाथि ५४-१५ को सहज जित दर्ता ग¥यो । विजेताका दीपक लामाले १५ स्कोर गर्नुभयो । प्यारागनविरुद्धको खेलमा नेमोनिक ५१-४५ ले विजयी भयो । नेमोनिकका प्रवेश तामाङले २६ अंक बटुल्नुभयो । सेमिफाइनलमा नेमानिकको भेट युरोसँग हुनेछ भने प्रिमियरले बुद्धको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?