अवार्डलाई नवजीवन को-अपरेटिभ्सको साथ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मा धनगढीको नवजीवन को-अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा नवजीवन सहप्रायोजकका रूपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष शंकर बोहोरा र नवजीवन को-अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।

अघिल्ला दुई संस्करणमा पनि साथ दिएको को-अपरेटिभ्सका अध्यक्ष बमले आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो । नवजीवन को-अपरेटिभ्स लिमिटेड नेपालकै बैंकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह-प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । अवार्डको वर्ष खेलाडी पुरुष विधालाई सञ्जीवनी अस्पताल, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेसल अवार्डलाई शौभाग्य हस्पिटल, लाइफटाइम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथि अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?